दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकले कात्तिक १७ गते (भोली) बुकक्लोज गदैछन्। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकहरुको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स बैंकले भने हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

यस्तै, सिद्धार्थ बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

थप समाचार