Below Menu
Below Menu

बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु, मौसमले साथ दिए आजैबाट सडक सुचारु हुने

बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु, मौसमले साथ दिए आजैबाट सडक सुचारु हुने

रामेछाप : वर्षाको कारण आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सफा गर्ने काम सुरु भएको छ । शनिबार बेलुका देखिनै वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिए ।

मौसम खुलेकाले आज पनि बिहानदेखि नै सडक सफा गर्ने काम सुरु भएको उनले बताए । अहिले बिपी राजमार्ग चारसय बेसिकोको पहिरो पन्छाउने काम भइरहेको छ । यसै गरी पिप्ले माथि पनि सडक सफा हुँदै गर्ने काम सुरु भएको छ । मौसमले साथ दिए आज दिउँसोसम्म सडक सफा भएर यातायात सञ्चालन हुने सडक डिभिजन कार्यालयले जनाएको छ । 

बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिका स्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध गरेको छ । त्यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको छ ।

बिपी राजमार्ग छेउमा सञ्चालन गरिएका ढुङ्गा र क्रसर उद्योगहरूले राजमार्गमा क्षति पुर्याउँदै आएको छ । सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका छन् भने केही वैकल्पिक बाटो प्रयोग गरी काठमाडौं गएका छन् ।
 

Advertisment

थप समाचार