Below Menu
Below Menu

ट्रेजरीमार्फत १४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत १४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो भने नौ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयका अनुसार ९१ दिने नयाँ ट्रेजरी बिल माघ २० गते र १८२ दिने नयाँ ट्रेजरी बिल २०८३ बैशाख २२ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १७ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि कात्तिक ९ गते १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार