काठमाडौं : कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो।
असार मसान्तसम्म आइप्ग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.०६ प्रतिशतले बढेर ६१ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १२.२० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १८.२७ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने १०.८६ प्रतिशतले बढेको छ।
गत आवको सोही अवधिमा ३.९६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा बढेर ४.४१ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज पनि चार करोड ८७ लाख रुपैयाँबाट बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको छ। यद्यपी नाफामा भने सुधार देखिएको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने ३५.५६ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको कुल वितरणयोग्य मुनाफा १३ करोड ५२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ।
असार मसान्तसम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको इपीएस ०.५३ रुपैयाँ बढेर २०.४६ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १५२.३१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.१८ गुणा रहेको छ।
चालु आवको पहिलो त्रैमाससम्म तीन अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब २ करोड ३ लाख रुपैयाँ रहेको छ ।
Advertisment