Below Menu
Below Menu

सोरु गाँउपालिकाले अस्थाइ एवम् करार कर्मचारीको म्याद थप नगर्ने

सोरु गाँउपालिकाले अस्थाइ एवम् करार कर्मचारीको म्याद थप नगर्ने

मुगु : मुगुको सोरु गाँउपालिकाले पालिकाको विभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार मन्त्रिपरिषद्को मिति २०८२ भाद्र ५ को निर्णय अनुसार अर्थ मन्त्रालयको चलानी नम्बर ११८ मिति २०८२ असोज ८को पत्रअनुसार स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारी राख्न नपाउने भनी गरिएको नीतिगत निर्णय तथा परिपत्र अनुसार गाँउपालकामा संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त आर्थिक स्रोत तथा पालिकाको १६औं गाँउसभाबाट स्वीकृत संगठन संरचना २०८२ अनुसार दरबन्दी रहेका करार अस्थाई कर्मचारी  बाहेक अन्य करार अस्थाई कर्मचारीको पुनः म्याद थप नगरी स्वत भंग गरिएको जानकारी दिएका छन् । 

डाँगीका अनुसार दरबन्दी भन्दा बाहिर रहेका २४ जना भन्दा बढी करार अस्थाई कर्मचारीहरुलाई असोज महिनासम्म तलब खुवाउन सकिने र त्यसपछि पालिकाको स्रोत र मन्त्रालयमा पत्र अनुसार करार अस्थाई कर्मचारीहरुलाई राख्न सकिदैन ।
 

Advertisment

थप समाचार