Below Menu

महालक्ष्मी विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं :  महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Sponsored Advertisement

बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

थप समाचार