Below Menu
Below Menu

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा शाक्य नियुक्त 

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा शाक्य नियुक्त 

काठमाडौं : एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले शाक्यलाई आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका तत्कालीन प्रमुख कायृकारी अधिकृत रोशन कुमार न्यौपाने ४ वर्षका लागि दोस्रो कार्यकालमा नियुक्त भएको कार्यकाल पुरा नहुँदै राजिनामा दिएपछि रिक्त भएको सो पदमा सुजित कुमार शाक्य नियुक्त भएका हुन् ।

हाल नबिल बैंकको सिनियर वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका शाक्यले यसअघि कामु सीईओको जिम्मेवारी समेत निर्वाह गरी सकेका छन् । एनआइसी एशिया बैंककै पूर्व कर्मचारी रहेका शाक्य सिभिल बैंक, जनता बैंक हुँदै ग्लोबल आईएमई बैंकमा उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए । 

हाल नबिल बैंकको रहेका शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । बैंकिङ क्षेत्रमा करिब ३० वर्षको अनुभव बटुलेका शाक्यले कठिन परिस्थितिमा एनआईसी एशिया बैंकको व्यवस्थापकीय नेतृत्वमा पुगेका हुन् ।

शाक्य बैंकको सीईओको रुपमा चार वर्षको लागि नियुक्त भएका हुन् । उनले अबको ३० दिन भित्र बैंकमा कार्यभार सम्हाल्नेछन् ।

Advertisment

थप समाचार