काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावत देखिएको छ । आज बजारमा छ अर्ब पाँच करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा नौ अर्ब २० करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्ट्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । इस्टर्न हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment