गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

 गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । 

Sponsored Advertisement

नेप्सेका अनुसार बैंकको ६ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य ३९३ दशलमव ४० रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ४१७ रुपैयाँमा भएको थियो । समायोजित मूल्यलाई आधार मानेर मंगलबार बैंकको शेयर कारोबार खुल्नेछ।

थप समाचार