काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ६० रूपैयाँमा कारोबार भएको थियो।
Advertisment