Below Menu
Below Menu

२५ सय बिन्दुमा झर्यो शेयर बजार, सवा पाँच अर्बमा समेटियो कारोबार 

२५ सय बिन्दुमा झर्यो शेयर बजार, सवा पाँच अर्बमा समेटियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब १५ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब पाँच करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २७ करोड ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा माबिलुङ इनर्जी कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार