Below Menu
Below Menu

सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ? 

सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार  छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १५ रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment

थप समाचार