Below Menu
Below Menu

लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स इन्टरनेशनल बैंकले मंसिर १२ गते बोलायो साधारणसभा 

लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स इन्टरनेशनल बैंकले मंसिर १२ गते बोलायो साधारणसभा 

काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले मंसिर १२ गते, शुक्रबार, १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

उक्त सभा अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ। जसअनुसार कात्तिक १६ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार