कृषि विकास बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

कृषि विकास बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यसका साथै उक्त बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार