Below Menu
Below Menu

विदेशको पासपोर्ट त्यागेर स्वदेशमै ‘समोसा किङ’ बने राजनः रारा आउने पर्यटकको रोजाइ, दैनिक पाँच हजारको कारोबार

विदेशको पासपोर्ट त्यागेर स्वदेशमै ‘समोसा किङ’ बने राजनः रारा आउने पर्यटकको रोजाइ, दैनिक पाँच हजारको कारोबार

मुगु : जुम्लाको कनका सुन्दरी–३ गौरीगाँउका बर्ष ३२ का राजन बुढा तीन बर्ष साउदी बसेर नेपाल फर्किएपछि पासपोर्ट त्यागेर समोसा(समसा)बेच्न थालेका छन् । समसा व्यवसायबाट उनलाई राम्रो आम्दानी समेत मिलेको छ ।  

पछिल्लो समयमा नेपालमा बढ्दो बेरोजगारहरुको संख्या र रोजगारको अवसर नपाएपछि दैनिक विदेश जानेको संख्या बढीरहेका बेला राजन उदाहरणको पात्रका रुपमा दरिएका हुन् । ‘तीन बर्षको साउदी बसाईमा नेपालीहरुले भोग्नुपरेको समस्याहरु देखें । जसका कारण मलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने जुक्ति फुरेको हो,’ उनले भने ।

उनले कनका सुन्दरी गाँउपालिकामा रहेको गोठीज्यूला बजारमा आलुका बिचिन्न परिकार र समसा विक्री गरेर दैनिक पाँच हजारसम्मको कारोवार गर्ने गरेका छन् ।

‘यही आलुका बिभिन्न परिकार र समस विक्रीबाट घरखर्च र छोराछोरीलाई सुर्खेतमा नीजि स्कूलमा पढाइरहेको छु । यही पेशाबाट सन्तुष्ट छु । बिहान–बेलुका घर परिवारसँग बस्न पाएको छु । आफ्नै घरमा उत्पादन गरेको आलुबाट समसा लगायत अन्य परिकारबाट राम्रो आम्दानी भइरहेको छ,’ उनले अगाडि भने,‘म जस्तै मेरा गाँउमा युवाहरुलाई विदेश जानु भन्दा आफ्नै गाँउघर वा देशमा कुनै न कुनै व्यवसाय गरी बस्न र नेपालमै मेहेनत गरे केही गर्न सकिन्छ भन्न चाहन्छु ।’

आलु र पिठोको प्रयोग गरेर तयार गरेका समसा रारा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यकहरुको रोजाइमा परेको छ । समोसा प्रति गोटाको २० रुपैयाँ पर्छ । राजन र उनकी श्रीमती बिहानदेखि आलुका समसा बनाउन भ्याइनभ्याई हुन्छन् । 

राजनले बनाएका समसा निकैै राम्रा र स्वादिला हुने गरेका छन् । स्थानीय भागो र तिलको अचारको स्वादले लोकप्रिय बनेको स्थानीय पदम बुढा बताउँछन् । 
 

Advertisment

थप समाचार