काठमाडौं : अब स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।
आन्तरिक राजस्व विभागले विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवाहरू सम्बन्धित स्थानीय तहबाटै उपलब्ध गराइने व्यवस्था मिलाइएको सूचित गरेको छ ।
यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्र प्यान कार्ड वितरण हुँदै आएको थियो । तर, हाल ती कार्यालयहरू खारेज गरिएका छन् ।
स्थानीय तहबाट सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएकाले सो अवधिमा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत प्रवाह गरिने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
त्यस्तै, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्रलगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।
Advertisment