Below Menu
Below Menu

नाफासँगै बढ्यो ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचक ?

नाफासँगै बढ्यो ग्लोबल आइएमई बैंकको प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचक ?

काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफा २२.९२ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ कमाउन सफल भएको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत बढेर ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेर ९० करोड ७६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत बढेर ५ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ, सञ्चालन नाफा १०.४४ प्रतिशत बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा २५ अर्ब ४५ करोड २३ लाख रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन ५.७४ प्रतिशत र कर्जा लगानी २.७२ प्रतिशतले बढेको छ । बैंककले ५ खर्ब ८२ अर्ब २५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन र कर्जा प्रवाह ४ खर्ब २१ अर्ब २५ करोड २० लाख रुपैयाँ गरेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ । उक्त वितरणयोग्य नाफाका आधारमा बैंकको लाभांश क्षमता २२.९५ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २.७७ रुपैयाँ बढेर १९.५१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ। 

Advertisment

थप समाचार