Below Menu
Below Menu

तीन महिनामा मुक्तिनाथ विकास बैंकले कमायो २२ करोड ४७ लाख नाफा

तीन महिनामा मुक्तिनाथ विकास बैंकले कमायो २२ करोड ४७ लाख नाफा

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.२४ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेपनि बैंकको इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफा प्रभावित भएको हो । गत वर्ष ३८ करोड ७७ लाख रुपैयाँ रहेको बैंकको इम्पेरिमेन्ट चार्ज बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

यसका साथै आर्थिक मन्दी, व्यवसायिक गतिविधिमा कमी र ऋण असुलीमा देखिएको चुनौतीका कारण बैंकको नाफामा असर देखिएको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशतले घटेको छ । त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशतले घटेको छ।

गत आवको सोही अवधिमा ३.१६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.०३ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य नाफा एक अर्ब २२ करोड ४९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य आम्दानी अर्थात लाभांश क्षमता १७.३८ प्रतिशत रहेको छ। 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (इपीएस) १२.७६ रुपैयाँ रहेको छ । त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७०.०२ रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म सात अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब ९३ करोड ४१ लाख रुपैयाँ  सञ्चिति रहेको छ ।

Advertisment

थप समाचार