काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंक यस अवधिमा २० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो गत वर्षको सोही अवधिको तुलनामा ४०.५७ प्रतिशत कम हो। गत आवको सोही अवधिमा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा पनि घटेको हो । यसका साथै गत वर्ष दुई करोड १० लाख रुपैयाँ रहेको बैंकको सम्भावित लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) यस अवधिमा आइपुग्दा एक करोड २२ लाख रुपैयाँ धनात्मक रहेको छ ।
गत वर्ष ५६ करोड २६ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी ३३.६९ प्रतिशत घटेर ३७ करोड ३० लाख रुपैयाँमा झरेको छ । त्यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी ६.५६ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३३.०४ प्रतिशत र सञ्चालन मुनाफा ४०.४९ प्रतिशत घटेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि घटेको छ। असोज मसान्तसम्म आइपुग्दा बैंकको इपीएस २.६४ रुपैयाँ घटेर ३.८६ रुपैयाँमा सीमित भएको छ। त्यस्तै यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा रहेको छ।
असोज मसान्तसम्म २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब ३१ करोड २६ लाख रुपैयाँ सञ्चित छ।
Advertisment