काठमाडौं : एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन् । कात्तिक १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको हो ।
लघुवित्तको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उनलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएको थियो । संस्थाको उक्त पदमा यस अघि सञ्चालक सुमन थपलिया संस्थापक समूहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आई रहेका थिए ।
नव नियुक्त सञ्चालक भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मासमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका उनी हाल एन आई सी एशिया बैंक लिमिटेडमा फि एग्रिकल्चर एण्ड अदर कोअपरेटिभ लोनको रुपमा कार्यरत रहेका छन् ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।
Advertisment