सुनको मूल्य बढ्यो, चाँदीको भाउमा गिरावट 

सुनको मूल्य बढ्यो, चाँदीको भाउमा गिरावट 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार २० रूपैयाँमा कारोबार भएको थियो। 

थप समाचार