काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा गोपाल घिमिरे नियुक्त भएक छन् । कात्तिक २१ गते बसेको कम्पनीको सञ्चालक ५६औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
भक्तपुरको ठिमी नगरपालिका निवासी घिमिरेलाई सोही मितिदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियूक्त गरिएको कम्पनीले जनाएको छ। उनको कार्यकाल चार वर्षको रहनेछ।
Advertisment