काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पौने २० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले नौं अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नवीकरण र पाँच अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार १८२ दिने नयाँ ट्रेजरी बिल २०८३ बैंशाख २९ गते र ३६४ दिने नयाँ ट्रेजरी बिल २०८३ कात्तिक २४ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक २४ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि कात्तिक १६ गते १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment