काठमाडौं : विगत १४ वर्षदेखि नेपालको पर्यटन क्षेत्रमा निरन्तर सेवा दिँदै आएको गौतम होलिडेज प्रा.लि.ले हाल केही व्यक्तिहरूले संस्थाको नाममा गलत प्रचार–प्रसार गरिरहेको जानकारी गराउँदै ग्राहकहरूलाई सचेत रहन आग्रह गरेको छ।
कम्पनीले सबै ग्राहकलाई संस्थाका आधिकारिक प्रतिनिधिमार्फत मात्र कारोबार गर्न अनुरोध गर्दै अनधिकृत व्यक्तिहरूसँग सम्पर्क नगर्न आग्रह गरेको छ।
कम्पनीले जारी गरेको अपिलमा भनिएको छ, ‘पछिल्लो समयमा बजारमा केही व्यक्तिहरूले हाम्रो संस्थाको नाममा गलत प्रचार प्रसार गरी भ्रम फैलाउने प्रयास गरेको जानकारी पाइएको छ। यसका साथै, केही व्यक्तिहरूले संस्थाको हित बिपरित बजार प्रवर्द्धन गर्ने कार्य गरिरहेको खबर प्राप्त भएको छ। यसै सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
गौतम होलिडेजले आफ्नो कार्यालय जडिबुटी, काठमाडौंमा मात्र रहेको स्पष्ट गर्दै कुनै पनि शाखा वा उपशाखा अन्यत्र नरहेको जनाएको छ। साथै, कम्पनीको आधिकारिक जानकारीका लागि गौतम होलिडेजको जडिबुटी स्थित कार्यालयमा मात्र सम्पर्क गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ।
कम्पनीले गलत जानकारी फैलाउने वा संस्थाको नाम बदनाम गर्ने गतिविधि संस्थाको हितविपरीत भएको बताउँदै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई सचेत हुन चेतावनी दिएको छ। साथै, यदि यस्तो गतिविधि दोहोरिएमा कानूनी कारबाहीका लागि बाध्य हुने जनाएको छ।
१४ वर्षदेखि ‘पहिले देश घुमौं’ भन्ने मूल नारासहित सेवा दिँदै आएको गौतम होलिडेजले आफ्नो विश्वसनीयता, पारदर्शिता र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धता दोहोर्याएको छ।

Advertisment