काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment