कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा 

कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई नियामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको भन्दै यी दुई बैंकहरुलाई सचेत गराएको हो ।

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन अनुसार ‘कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न पाउने छैन ।’ एकीकृत निर्देशनमा भएको व्यवस्थाको अनुपालना नगरेको कारण कुमारी बैंकलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै प्राइम बैंकले राष्ट्र बैंकको निर्देशन विपरित कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण गरेपछि नियामकीय कारबाहीमा परेको हो । 

राष्ट्र बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क–२०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको हुँदा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको छ।

थप समाचार