Below Menu
Below Menu

स्वस्तिक लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

स्वस्तिक लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीको कम्पनीको पाँच लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको दुई लाख ३१ हजार कित्ता र संस्थापकको तीन लाख ४६ हजार ५०० कित्ता गरी कुल पाँच लाख  ७७ हजार ५०० लाख कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १७१ दशलमव ७८ रुपैयाँदेखि ५१५ दशलमव ३४ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘स्वस्तिक’ रहेको छ । कम्पनीको शेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार