काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रदेशको वार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।
गत वर्ष प्रदेशको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेको थियो । यस अवधिमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, ११.१ प्रतिशत र ७७.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ ।
त्यस्तै कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
प्रदेशमा कृषि क्षेत्र तर्फ समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ७.५ प्रतिशतले घटेको छ । त्यसैगरी, यस्ता बालीको उत्पादन ६.५ प्रतिशतले घटेको छ ।
प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा वर्षमा कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ भने सोही अवधिमा धान उत्पादन १.१ प्रतिशतले, मकै उत्पादन ५.० प्रतिशतले, फापर उत्पादन ५.१ प्रतिशतले, गहँु उत्पादन १८.५ प्रतिशतले र जौ उत्पादन ३२.६ प्रतिशतले घटेको छ ।
यस वर्षमा तरकारी तथा वागवानीको उत्पादन १६.२ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन १.२ प्रतिशतले र मासु उत्पादन २.९ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन २.७ प्रतिशतले बढेको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट ३.७ प्रतिशत कर्जाकृषि क्षेत्रमा प्रवाह भएको छ ।
उद्योग क्षेत्रतर्फ प्रदेशका अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३८.७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ४४.३ प्रतिशत रहेको थियो ।
नमूना छनौटमा परेका उद्योगहरूमध्ये चाउचाउ उद्योगको क्षमता उपयोग सबैभन्दा बढी छ भने लत्ता कपडा मध्येको गार्मेण्ट उद्योगकोक्षमता उपयोग सबैभन्दा कम रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३६.४ प्रतिशत रहेको छ ।
सेवा क्षेत्रमा नमूना छनौटमा परेका होटलहरूको औसत क्षमता उपयोग (अकुपेन्सी) ५७.० प्रतिशत रहेको छ । गत वर्षकोसोही अवधिमा नमुना छनौटमा परेका होटलहरूकोअकुपेन्सी ५१.९ प्रतिशत रहेको थियो ।
यस अवधिमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या २५.० प्रतिशतले घटेको छ भने रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व २३.६ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशबाट सङ्कलन गरेकोकुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १०.८४ प्रतिशतले र कर्जा प्रवाह ११.३५ प्रतिशतले वृद्धि भएको छ ।
२०८२ असार मसान्तमा कर्जा निक्षेप अनुपात औसतमा ६९.२७ प्रतिशत रहेको छ । ज्ञघ। समीक्षा वर्षमा यस प्रदेशमा यातायात सवारी दर्ताको सङ्ख्या ४५.२ प्रतिशतले बढेको छ ।
पूर्वाधार र रोजगारीमा समीक्षा वर्षमा बागमती प्रदेशमा ९०.४२ कि.मि. नयाँ सडक निर्माण भएको छ भने ग्राभेल र कालोपत्रे सडकको स्तरोन्नति क्रमशः १४८.९३ कि.मि. र ३६२.२३ कि.मि. भएको छ । सोही वर्षमा ३७ वटा सडक पुल र ७ वटा झोलुंगे पुल निर्माण भएका छन् ।
पछिल्लो तीन आर्थिक वर्षमा बागमती प्रदेशमा कुल १२३५.४८ कि.मि. नयाँ सडक निर्माण भएको छ । प्रदेशबाट आ.व. २०८१/८२ मा जम्मा १ लाख ३७ हजार ६ सय जना वैदेशिक रोजगारीमा गएका छन् जुन कुल श्रम स्वीकृतिको १६.३९ प्रतिशत रहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आव.२०८१/८२ मा ७ हजार ८ सय ८९ जनाले रोजगारी प्राप्त गरेका छन् ।
प्रादेशिक वित्त स्थिति
आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेश सरकारले कुल रु.६४ अर्ब ५४ करोड बजेट विनियोजन गरेकोमा कुल विनियोजनको ७३.७९ प्रतिशत रु.४७ अर्ब ६२ करोड खर्च भएको छ भने २०८२ असार मसान्तसम्म रु.२८ अर्ब ३५ करोड राजस्व सङ्कलन भएको छ ।
आर्थिक परिदृश्य
आर्थिक वर्ष २०८१/८२ मा औसत मुद्रास्फीति दर वाञ्छित सीमाभित्र रहेकोे, कर्जा तथा निक्षेपकोब्याजदर घट्दो अवस्थामा रहेका, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृद्धि सँगसँगैनिर्यात र विप्रेषण आप्रवाहमा पनि वृद्धि भएकोर विगत दुई वर्षदेखि सङ्कुचनमा रहेको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ ।
Advertisment