काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला चारहजार नौ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेको ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार १७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment