सुनको मूल्य सामान्य घट्यो, चाँदीको भाउ बढ्यो 

सुनको मूल्य सामान्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार १७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १७० रूपैयाँमा कारोबार भएको थियो। 

थप समाचार