सुनको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढ्यो 

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच हजार नौ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १७० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १७५ रूपैयाँमा कारोबार भएको थियो। 

थप समाचार