काठमाडौं : नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ बैंक नोट छाप्न चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै नयाँ नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि चिनियाँ कम्पनी मेसर्स चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङसँग करार सम्झौता गरेको हो ।
रीतपूर्वक पेश भएका बोलपत्रहरूमध्ये न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाताको रूपमा उक्त चिनियाँ कम्पनी छनोट भएको हो। उक्त सम्झौताको मूल्य १०,४२२,५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख रुपैयाँ) रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले २०८२ साउन ९ गते राष्ट्रिय दैनिक पत्रिका ‘द राइजिङ नेपाल’ र बैंकको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो।
यो प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम पूर्ण रूपमा सम्पन्न गरिएको हो । नयाँ नोट छपाइपछि बजारमा पर्याप्त आपूर्ति सुनिश्चित हुने राष्ट्र बैंकको अपेक्षा छ ।
नयाँ नोटको छपाइ र वितरणले नेपालमा नोट आपूर्ति सुधार र आर्थिक कारोबारमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ ।
Advertisment