Below Menu
Below Menu

‘इकोप्यानल’ ट्रेडमार्क प्रयोग रोक्न विभागको निर्देशन, इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालको पूर्ण एकाधिकार

‘इकोप्यानल’ ट्रेडमार्क प्रयोग रोक्न विभागको निर्देशन, इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालको पूर्ण एकाधिकार

काठमाडौं : ‘इकोप्यानल’ ट्रेडमार्कको प्रयोगसम्बन्धी लामो समयदेखिको विवादमा उद्योग विभागले इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको पक्षमा निर्णायक फैसला सुनाएको छ। यो निर्णयसँगै कम्पनीको ‘इकोप्यानल’ ट्रेडमार्कमाथिको एकल स्वामित्व र हकभोग पुष्टि भएको छ।

उद्योग विभागले मिति २०८२ असार ३० गते ‘इकोप्यानल’ ट्रेडमार्क इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको एकल हकभोगमा रहने गरी अन्तिम निर्णय सुनाएको हो।

यो निर्णय कम्पनीले विपक्षी इको प्यानल नेपाल प्रालिविरुद्ध दायर गरेको उजुरीका आधारमा आएको हो। विभागले यसअघि नै पहिलोपटक २०७९ साउन ११ र दोस्रोपटक २०८० कात्तिक २० मा सो ट्रेडमार्क प्रयोग नगर्न अन्तरकालीन आदेश जारी गरिसकेको थियो।

विभागले आफ्नो अन्तरकालीन आदेशको पूर्ण कार्यान्वयनका लागि मिति २०८२ असोज ३१ गते जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं, र विपक्षी इको प्यानल नेपाल प्रालिलाई पत्राचार गरेको छ।

इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले उद्योग विभागको आदेश र निर्णयको पूर्ण पालना गर्न सबै सरोकारवाला पक्षलाई सार्वजनिक रूपमा सूचित गरेको छ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको सो ट्रेडमार्कको नक्कल, दुरुपयोग, वा कुनै पनि प्रकारको उत्पादन, प्रचार(प्रसार, बिक्री तथा वितरण गतिविधि नगर्नरनगराउन स्पष्ट निर्देशन दिएको छ।

प्रचलित कानुन विपरीत यस ट्रेडमार्कको अनधिकृत प्रयोग वा दुरुपयोग गर्नेरगराउने कुनै पनि पक्षविरुद्ध कम्पनीले अविलम्ब कानुनी कारबाही अघि बढाउने समेत स्पष्ट पारेको छ।

Advertisment

थप समाचार