Below Menu
Below Menu

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई  १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

Advertisment

थप समाचार