Below Menu
Below Menu

सोमबार करिब पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

सोमबार करिब पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत करिब पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार चार अर्ब ९८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले चार अर्ब ९८ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयका अनुसार उक्त ट्रेजरी बिल २०८३ जेठ ५ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मंसिर १ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि कात्तिक २३ गते १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार