Below Menu
Below Menu

चालु खाता २३७ अर्ब र शोधनान्तर स्थिति साढे दुई खर्बले बचतमा 

चालु खाता २३७ अर्ब र शोधनान्तर स्थिति साढे दुई खर्बले बचतमा 

काठमाडौं : चालु आर्थिक वर्षको असोज मसान्तसम्म चालु खाता दुई खर्ब ३७ अर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो । 

यस अवधिमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड रुपैयाँले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । 

असोज मसान्तसम्म खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई अर्ब रहेको थियो । 

यसैगरी, समीक्षा अवधिमा एक अर्ब ७४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) चार अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा एक अर्ब ३८ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
 

Advertisment