Below Menu
Below Menu

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाही : चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि सर्लाहीका ४ सहित मधेस प्रदेशका २४ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। संविधानले सङ्घ, प्रदेश र स्थानीय तहका लागि बजेट पेस गर्ने निश्चित मितिहरू तोकिदिएको छ, जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ।

तर मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये २४ तह अझै बजेटविहीन अवस्थामा रहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सर्लाहीका मलङ्गवा नगरपालिका, हरिवन नगरपालिका, चन्द्रनगर र रामनगर गाउँपालिकाले बजेट पेस गरेका छैनन।

यस्तै, सप्तरीका राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान बिहुन गाउँपालिका र कल्याणपुर नगरपालिकाले बजेट पेस गरेका छैनन्। सिराहाका धनगढीमाई र सुखीपुर नगरपालिका, धनुषामा क्षिरेश्वर र नगराइन नगरपालिका, औरही, कमला, धनौषी र जनकनन्दिनी गाउँपालिकाले पनि चालु वर्षको बजेट पेस गर्न बाँकी नै छ।

त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिका, रौतहटका कटहरिया, देवाही गोनाही र फतुवा विजयपुर नगरपालिका तथा यमुनामाइ गाउँपालिकाले पनि बजेट पेस गरेका छैनन्। बारामा महागढीमाई नगरपालिका र विश्रामपुर गाउँपालिका तथा पर्साको पकाहा मैनपुर गाउँपालिका पनि बजेट ल्याएका छैनन्।

 

Advertisment