Below Menu
Below Menu

नेपाल बैंकले मनायो ८९औं वार्षिकोत्सव, आरोह–अवरोह पार गर्दै विश्वासको धरोहर कायम राख्ने प्रतिवद्धता 

नेपाल बैंकले मनायो ८९औं वार्षिकोत्सव, आरोह–अवरोह पार गर्दै विश्वासको धरोहर कायम राख्ने प्रतिवद्धता 

काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९ औं वार्षिकोत्सव मनाएको छ । आइतबार नेपाल बैंकको ८९ औं वार्षिकोत्सवको अवसरमा सञ्चालक समितिका अध्यक्ष प्राडा डिल्लीराज शर्माले लामो इतिहास बोकेको नेपाल बैंकको प्रगतिको लागि सबैलाई धन्यवाद दिए । 

उनले भने, ‘लामो इतिहास हामीले बोकेका छौँ । बैंकको अहिलेसम्मको आरोह अवरोह उतारचढावकाबीच पनि बैंकलाई प्रतिष्ठित बैंकका रुपमा नेपालीहरुको आफ्नो बैंकको रुपमा सबैले विश्वास गरेको बैंकको रुपमा यो अवस्थासम्म ल्याइपुर्याउन सम्पूर्ण निकायलाई हार्दिक धन्यवाद व्यक्त गर्छु ।’

साथै उनले सबैतिर निराशा पैदा हुँदा बैंकिङ क्षेत्र समेत प्रभावित बनेको भन्दैै बचत बृद्धि र लगानीमा समेत निराशा बढेको बताए । ‘आज हामीमाझ धेरै चुनौतिहरु सिर्जना भएका छन् । बैंकका तरलता बढ्दै गएको छ । बचत बृद्धि भएको छ । आज लगानीमा निराशा छ । व्यवसायीक क्षेत्रहरु असाध्यै निराशाजनक अवस्थामा छ । हामीले कुरा गर्दा नि चिन्ता लाग्न थालेको छ,’ उनले भने । 

सन १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको नेपाल बैंक दुई सयभन्दा बढी शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेकोे उनले बताए । 
 

Advertisment

थप समाचार