Below Menu
Below Menu

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो 

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब ८९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज साहस उर्जा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बन्दिपुर केवलकार एण्ड टुरिजम सागर डिष्ट्रिलरी, बुंगल हाइड्रो र झापा इनर्जी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो हो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ । 

Advertisment