Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार आठ सय रुपैयाँले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार आठ सय रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार आठ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १५५ रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment