काठमाडौं : समकालीन समयको चुनौती र सार्वजनिक सुरक्षामा देखिएको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै, मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत महराजगञ्जका कार्यालय प्रमुख निरंजन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेका थिए ।
यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ती सुरक्षाको प्रत्याभुति दिलाउन, संवेदनशील स्थानहरुको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा शुसासन कायम राख्ने कार्यमा विशेष योगदान पुर्याउने अपेक्षा लिएको छ ।
सुरक्षित समाज निर्माण हाम्रो साझा दायित्व हो । बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने संस्थान भएकाले, यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन साहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
Advertisment