काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९० रूपैयाँमा कारोबार भएको थियो।
Advertisment