Below Menu
Below Menu

एमसीसीमा अमेरिकाको थप पाँच करोड डलर अनुदान, परियोजनाको कुल लागत ७४.७ करोड डलर पुग्यो

एमसीसीमा अमेरिकाको थप पाँच करोड डलर अनुदान, परियोजनाको कुल लागत ७४.७ करोड डलर पुग्यो

काठमाडौं : नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करीब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।

यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।

थप प्राप्त रकमले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन तथा पूर्वाधार निर्माणलाई गति दिने, मुलुकको ऊर्जा प्रणालीलाई सुदृढ गर्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । ऊर्जा ग्रिडको विश्वसनीयता तथा बजार पहुँच सुधार गर्दै अन्तरराष्ट्रिय ‘कनेक्टिभिटी’ मजबुत बनाउने परियोजनाको लक्ष्य छ ।

अमेरिकी दूतावासका अनुसार, यो परियोजनाले नेपालमा अमेरिकी प्रविधि र कम्पनीहरूको प्रवेश अवसर विस्तार गर्नेछ । दूतावासले एमसीसीमार्फत प्राप्त सहयोगले अमेरिका–नेपालबीचको चिरस्थायी साझेदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
 

Advertisment