Below Menu
Below Menu

प्रतितोला एक हजार तीन सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला एक हजार तीन सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार १०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १८५ रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment