काठमाडौं : कृषि विकास बैंक लिमिटेडले मंसिर २९ गते, सोमबार, १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
उक्त सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुर बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यस्तै, सभाले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई तोकिएबमोजिम कर प्रयोजनार्थसहित चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ। जसअनुसार मंसिर ११ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।