काठमाडौं : नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले आज (मंसिर ५ गते) बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो ।
बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबा बिक्री हुने) कुल ५ करोड कित्ता शेयर निष्कासन गर्न बैंकलाई अनुमति दिएको हो । उक्त शेयरको लाभांश दर ८ प्रतिशत रहेको छ।
बैैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटड रहेको छ ।
Advertisment