Below Menu
Below Menu

आईपीओ निष्कासनको अनुमति माग्दै इलेक्ट्रो पावरले दियो बोर्डमा आवेदन, सवा ८१ करोडको शेयर जारी गर्दै 

आईपीओ निष्कासनको अनुमति माग्दै इलेक्ट्रो पावरले दियो बोर्डमा आवेदन, सवा ८१ करोडको शेयर जारी गर्दै 

काठमाडौं : इलेक्ट्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

इलेक्ट्रो पावरले ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न मंसिर १ गते बोर्डमा निवेदन दर्ता गराएको हो।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

कम्पनीले सिन्धुपाल्चोकमा ४४ मेगावाटको भोटेकोशी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उक्त कम्पनीमा सगरमाथा जलविद्युत कम्पनीको १८ प्रतिशत, नेशनल इक्विटी फण्ड १ को १४ प्रतिशत, कभी होल्डिग प्रालिको ६ प्रतिशत, एनआईबिएल इक्विटी पार्टनर्सको ६ प्रतिशत शेयर लगानी रहेको छ । 

कम्पनीका अध्यक्ष समेत रहेका मोहन विक्रम कार्कीको भने ६ प्रतिशत शेयर लगानी रहेको छ। कम्पनीको अन्य संचालकमा माधव प्रसाद मैनाली, दिपक राज जोशी, श्रीजेश गुरागाई, कुन्ती देवी लिम्बु र डा. भोगेन्द्र कुमार गुरागाई रहेका छन् ।

Advertisment

थप समाचार