Below Menu
Below Menu

लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २९ गते, सोमबार, ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

उक्त सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ। जसअनुसार मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार