Below Menu
Below Menu

निर्धन उत्थान लघुवित्तले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने 

निर्धन उत्थान लघुवित्तले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने 

काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ । संस्थाले सुरक्षण नराखिएको एक अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो ।

संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासन गर्ने निर्णय गरेको हो । उक्त ऋणपत्र राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि जारी गरिने कम्पनीले जनाएको छ ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार