जनकपुर : जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा १११ मिटरको चुनरी चढाइएको छ । आइतबार सीताराम गौशाला जनकपुरधामको आयोजनामा १११ मटिर लामो चुनरी माता सीतालाई अर्पण गरिएको छ ।
जनकपुरधामको गौशालाबाट लावालस्करसहित निकालिएको र्यालीले जनकपुरधामको विभिन्न चोकहरुको परिक्रमा गर्दै जानकरी मन्दिरको गर्भ गृहमा अवस्थित माता सीताको मुर्तिमा सो चुनरी अर्पण गरिएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष रोहित कुमार अग्रवालले जानकारी दिए ।
उनले गत वर्ष १०८ मिटरको चुनरी माता सीतालाई चढाइएकोमा यस वर्ष १११ मिटरको चुनरी चढाएको बताए । उनले नेपालको विकास र शान्तिका लागि माता सीतालाई चुनरी अर्पण गरेको बताए । उनले आब पश्चात प्रत्येक वर्ष चुनरी चढाउने कार्यक्रम गर्ने जानकारी दिए ।
चुनरी अर्पण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजनहरुको उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जिन माता ट्रष्टले चुनरी अर्पण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो ।
Advertisment